टिक लगाउनुपर्नेमा सिग्नेचर गरिदिएपछि नायिका रेजिना उप्रेति पराजित

५ चैत्र २०७९, आईतवार ०७:५८

नेपाल चलचित्र कलाकार संघको निर्वाचनबाट अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन्।

उनले आफ्नो प्रतिस्पर्धी नायिका रेजिना उप्रेतिलाई २६ मत अन्तरले पराजित गर्दैैै अध्यक्ष पदमा विजयी भएका हुन्। रेजिना र मोहनबीच ३५० मत गन्दा सम्म १ मतको मात्र अन्तर थियो । तर, कुल खसेको ४६८ मतमध्ये अन्तिममा गनिएको १ सय १८ मतमा मोहनको पल्ला भारी भयो ।

रोचक कुरा त के छ भने, रेजिनाको पक्षमा खसेका करिब डेढ दर्जन मतमा टिक लगाउनुपर्नेमा सिग्नेचर भेटिएको थियो। रेजिनालाई भोट दिने करिब डेढ दर्जनले टिक नलगाएर सिग्नेचर गरिदिएका थिए । रेजिनाले आफूलाई भोट दिने यी मतदातालाई कट्टर फ्यान भएको संज्ञा दिइन् ।

मोहनले निर्वाचन जितेपछि रेजिनाले खादा ओढाउँदै बधाई दिएकी थिइन् । उनले, आफूहरूले उठाएको एजेन्डामा पनि काम गर्न मोहनलाई सुझाव दिए । मोहनले पनि रेजिनाले उठाएका राम्रा मुद्दाहरूलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।