काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले राजनीति फुटाउने खेल भएको टिप्पणी गरेका छन् ।
मेयर शाहले सामाजिक सञ्जाल मार्फत राजनीति फुटाउने खेल भएको भन्दै खेलकुद चाहिँ जोड्ने खेल भएको टिप्पणाी गरेका हुन् । विश्वकप छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई काठमाडौंमा जारी ए डिभिजन लिगमा आज सम्मान गरिएको थियो ।
उक्त सम्मान कार्यक्रममा शाहको पनि सहभागिता रहेको थियो। सोहि कार्यक्रमको तस्विर राख्दै शाहले लेखेका छन्,“राजनीति फुटाउने खेल हो, खेलकुद चाहिँ जोड्ने खेल हो। अब जोड्ने खेललाई प्रबर्द्धन गर्ने हामी सबै को दायित्व हो । राष्ट्रिय कृकेटलाई फुटबल को सम्मान , यो सम्मान जोड्ने खेल को अनुपम नमुना हो ।”
