आज देशभर कुन–कुन भू–भाग वर्षाको सम्भावना छ ? थाहा पाउनुहोस्

४ चैत्र २०७९, शनिबार ०८:०१

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर आँशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

त्यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानमा मेघ गर्जन चट्याङ र हावा हुरीसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।