नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताले बधाई दिएका छन्। शुक्रबार भएको उपराष्ट्रपति पदको निर्वाचनमा निर्वाचित भएका यादवलाई नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पुगेर प्रधानमन्त्री प्रचण्डले बधाई दिएको हो।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका यादवलाई प्रधानमन्त्रीसँगै पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले बधाई दिए ।
उपराष्ट्रपतिमा निर्वाचित यादवलाई निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र प्रदान गरेपछि प्रधानमन्त्रीसहित शीर्ष नेताले बधाई दिएको हो।
प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जसपाका नेता र निर्वाचन आयोगका निर्वाचन आयुक्तले नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई दिएका छन्।
