उपचारको क्रममा रहेका सांसद एम्बुलेन्सबाट पुगे मतदानस्थल

३ चैत्र २०७९, शुक्रबार १५:००

वीर अस्पतालमा उपचारको क्रममा रहेक मधेस प्रदेशका सामाजिक विकास राज्यमन्त्री मोहम्मद अब्दुल कलाम आजाद उपराष्ट्रपति निर्वाचनको मतदानका लागि एम्बुलेन्समै मतदानस्थल पुगेका छन् ।खुट्टामा चोट लागेर ट्रमा सेन्टरमा उपचाररत रहेका आजादलाई एम्बुलेन्सबाटै नयाँ बानेश्वरस्थित उपराष्ट्रपति निर्वाचनको मतदान गर्न लगिएको हो । जसपाका सांसद आजादको बिहीबार ट्रमा सेन्टरमा खुट्टाको अपरेसन गरिएको थियो ।नयाँ उपराष्ट्रपति चयनका लागि शुक्रबार दिउँसो नयाँ बानेश्वरमा मतदान भइरहेको छ । उपराष्ट्रपति निर्वाचनमा जसपाका रामसहाय प्रसाद यादव, एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा प्रतिस्पर्धामा छन् । तीन उम्मेदवारमध्ये कांग्रेस, माओवादीसहित पाँच दलको समर्थनमा उम्मेदवारी दिएका जसपाका यादवका लागि मतभार सबैभन्दा धेरै देखिएको छ ।