उपराष्ट्रपति चयनका लागि भइरहेको निर्वाचनमा मतदान जारी छ । १० बजदेखि शुरू भएको मतदान जारी रहेको हो ।११ बजेसम्म संघीय ९४ र प्रदेशसभाका १३९ सांसदले भोट हालेका छन् । उपराष्ट्रपतिमा संघ र प्रदेशका गरी ८८३ सांसद मतदाता हुन्छन् ।
संघका सांसदको मतभार ७९ र प्रदेशका प्रति सांसदको मतभार ४८ छ ।
