एनआईसी एसिया बैंकको शाखा कार्यालयका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि सांघातिक आक्रमण गरेर घाइते बनाएका छन्।
उनीहरुलाई आज (चैत्र २ गते) गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित बैंकको शाखा कार्यालयमा नियोजित रुपमा गरिएको सांघातिक आक्रमणमा परि गंभिर भएका हुन् । उक्त घटनाको सिबिफिनले घोर भ्रत्सना गरेको छ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्था र यसका कर्मचारीहरुमाथि दुर्व्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण गर्ने जस्ता कार्यहरु भएकोप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।
सिबिफिनले निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न समेत गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसंग माग गरेको छ ।
