
युएईको सानदार ब्याटिङ्, ४३ बलमै जोडे कप्तान वासीमले अर्धशतक आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालसँग ब्याटिङ गरिरहेको युएईले सानदार ब्याटिङ्को सुरुआत गरेको छ।युएईले आफ्नो पहिलो विकेट २.५ ओभरमै गुमाएपनि आफ्नो सानदार ब्याटिङको लय भने छोडेको छैन्।
युएईका कप्तान तथा ओपनर ब्याट्सम्यान मुहम्मद वासीमले युएईका लागि सानदार सुरुआत गरेका छन्।
उनले ४३ बलमा नै आफ्नो अर्धशकत पूरा गरेका छन्। ५ छक्का र २ चौकाको मद्धतमा उनले ५३ रन जोडेका छन्।
वासीमलाई क्रिजमा भ्रिटया अरबिन्दले साथ दिइरहेका छन्।
युएई ताजा अवस्थामा १४.१ ओभरमा १ विकेट गुमाउँदै ८६ रनमा रहेको छ।
