यूएईविरुद्धको खेलमा नेपालले दुईवटा महत्त्वपूर्ण क्याच छुटाएको छ । दुवै क्याच सोमपाल कामीले मिस गरेका हुन् ।सातौं ओभरमा सोमपालले आफ्नै बलमा भृत्य अरविन्दको क्याच ड्रप गरेका थिए । आठौँ ओभरमा ललित राजवंशीको बलमा मुहम्मद वसिमले गरेको कडा प्रहारमा पनि उनले क्याच छुटाए । यद्यपि, दुवै क्याच कठिन थिए ।
वसिमको विकेट नेपालका लागि निकै महत्त्वपूर्ण छ । उनले हिजो पीएनजीविरुद्ध विस्फोटक शतक हानेका थिए भने आज नेपाली बलरहरु विरुद्ध पनि आक्रामक अन्दाजमा खेलिरहेका छन् ।
