नेपाली खेलाडीलाई हौसला दिन मैदान मै पुगे प्रधानमन्त्री प्रचण्ड

२ चैत्र २०७९, बिहीबार १०:२९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिवि क्रिकेट मैदान पुगेका छन् । प्रधानमन्त्री नेपाल र युएईबीचको क्रिकेट खेल अवलोकन तथा नेपाली टोलीलाई हौसला दिन त्यहाँ पुगेका हुन् ।

आजको खेल जितेर नेपाल सिधै विश्वकप छनोटमा स्थान बनाउने मुभमा । लिग २ अन्तर्गत ३५ खेलमा ३८ अङ्क सहित तालिकाको चौथो स्थानमा रहेको नेपालले छैटौँ स्थानमा रहेको युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

युएईको ३५ खेलबाट ३३ अङ्क सहित तालिकाको छैटौ स्थानमा रहेको हो । आजको खेलका लागि पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाली टोलीलाई सुभकामना दिएका छन् ।