हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीका लागि वितरणको प्रस्ताव गरेको लाभांश पारित गरेको छ । लघुवित्तको ११औँ साधारणसभाले ११.५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
साधारणसभाले आ.व ०७८र७९ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरू तथा ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांशसहित जम्मा ११.५८ प्रतिशत लाभांश पारित गरेको हो । साथै, सभाले वित्तीय संस्थाको नाम हिमालयन लघुवित्त वित्तीय संस्था रहनेलगायतका सम्पूर्ण सामान्य र विशेष प्रस्तावहरू पारित गरेको कम्पनीले जनाएको छ ।
काठमाडौंमा आयोजना गरिएको सभामा वित्तीय संंस्थाका अध्यक्ष सचिनजंग रायमाझीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रितप्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाइदिएकोमा धन्यवाद ज्ञापन गरेका थिए । राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७५ शाखामार्फत ७४ हजारभन्दा बढी सदस्यलाई लघु वित्तीय सेवा प्रदान गर्दै एक अर्ब आठ करोड रुपैयाँ बचत संकलन गरी चार अर्ब २५ करोड रुपैयाँभन्दा बढी लगानी गरेकोे जनाएको छ ।
