मृत्युपछि कुन अंग कति समयसम्म प्रत्यारोपण गर्न मिल्छ ?

३० फाल्गुन २०७९, मंगलवार १२:४७

मृत्युपछि मानिसको शरीरबाट सातवटा अंग जिवित व्यक्तिमा प्रत्यारोपण गर्न मिल्छ । जसमध्ये नेपालमा मिर्गौला र कलेजो प्रत्यारोपणको अभ्यास भइरहेको छ । अंग प्रत्यारोपणका लागि व्यक्ति जिवित रहँदै अंगदान गर्ने प्रक्रिया छ । अकस्मात् मृत्यु भएमा पनि परिवारका सदस्यको मञ्जुरीमा व्यक्तिको अंगदान गर्न सकिन्छ ।

‘मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५’ले व्यक्तिको मस्तिष्क मृत्युपछि पनि अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गरेको छ । यो व्यवस्थामा विशेषज्ञ टोलीले व्यक्तिको मस्तिष्क मृत्यु भएको घोषणा गरेपछि उनको अंग अरूमा प्रत्यारोपण गर्न सकिन्छ । कुन अंग कति समयसम्म प्रत्यारोपण गर्न मिल्छ ?
मुटु ६ घण्टाभित्र
आँखा ६ घण्टाभित्र
फोक्सो ८ घण्टाभित्र
सानो आन्द्रा १० घण्टाभित्र
कलेजो १५ घण्टाभित्र
प्यांक्रियाज २४ घण्टाभित्र
मिर्गौला २४ घण्टाभित्र

हवाइ सेवा उपलब्ध भएका स्थानबाट मस्तिष्क मृत्युपछि अंगदान गर्नेबारे खबर भएमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको टोली घटनास्थलसम्मै पुगेर सेवा दिने गरेको केन्द्रका निर्देशक डा। पुकारचन्द्र श्रेष्ठ बताउँछन् । उनका अनुसार अंगदाता व्यक्तिको शरीरबाट शल्यक्रिया गरी अंग निकाल्ने र पुनः टाँका लगाइने हुँदा शवको संरचना बिग्रिने सम्भावना रहँदैन ।