
दैलेख जिल्लाको रानीवानलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
आज साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
यसअघि अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु बनाएर यही फागुन २१ गते दुई वटा भूकम्प गएको थियो ।
