संयुक्त राज्य अमेरिकाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ।
नवनिर्वाचित राष्ट्रपति पौडेलले नयाँ राष्ट्रपतिका रूपमा जिम्मेवारी सम्हालेलगत्तै अमेरिकाका तर्फबाट काठमाडौंस्थित अमेरिकी राजदूतावासले आज उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो।
नवनिर्वाचित राष्ट्रपति पौडेलले आजै पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्। उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। नवनिर्वाचित राष्ट्रपति पौडेललाई राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन्।
यस्तै दुई कार्यकाल पुर गरी विदाइ भएकी निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिदाइ गर्दै आँखीझ्याल उपहार दिएका छन् ।
