नेप्से दोहोरो अंकको गिरावट

२९ फाल्गुन २०७९, सोमबार १६:०४

साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक आज २४.६८ अंकले घटेर १९५१ को विन्दुमा कायम हुन पुगेको छ ।

बैंकहरुको ब्याजदर घट्ने आशामा बसेका आम लगानीकर्ताहरु निराश बन्दा शेयरबजार निरन्तर ओरालो लागिरहेको छ । बैंकिङ्ग प्रणालीमा अराजकता देखिएसँगै केही दिनयता नेप्सेसहित बैकिङ्ग इन्डेक्समा उच्च गिरावट आएको छ ।

नेप्सेमा सूचीकृत २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य रहेका छन् ।

सर्वाधिक लाइफ इन्स्योरेन्स इन्डेक्स १।६६ प्रतिशत, बैकिङ्ग इन्डेक्स १।६१ प्रतिशत र माइक्रोफाइनान्स इन्डेक्स १।६२ प्रतिशतले घटेको छ ।