पीएनजीविरुद्ध बलिङमा नेपालको पकड

२९ फाल्गुन २०७९, सोमबार ११:०६

आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृंखलाअन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्ध बलिङमा नेपालले पकड बनाएको छ ।

अहिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको पीएनजीले १७ ओभरको समाप्तिमा तीन विकेट गुमाएर ६३ रन जोडेको छ ।पीएनजीका ओपनर किप्लिन डोरिगा र हिरी हिरी क्रमशः दुई र १४ रनमा पभेलियन आउट भए। तेस्रो क्रमका ब्याट म्यान सेसे बाउ १८ रनमा आउट भए ।

नेपालका सोमपाल कामी, ललितनारायण राजवंशी र सन्दीप लामिछानेले एक–एक विकेट लिएका छन् ।