उपराष्ट्रपतिको उम्मेदवार बनेका यादवले सांसदहरूलाई पठाए मोबाइल सन्देश

२८ फाल्गुन २०७९, आईतवार २१:४७

जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका रामसहायप्रसाद यादवले सांसदहरूलाई मोबाइल सन्देश पठाएका छन् ।

संघीय र प्रदेशसभाका ८८५ सांसदहरूलाई भोटका लागि अपिल गर्दै यादवले आइतबार मोबाइल सन्देश पठाएका हुन् । सन्देशमा २०७९ चैत्र ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संघीय संसद् भवनमा उपस्थित भइ आफ्नो अमूल्य मत दिइ विजयी गराउन यादवले अनुरोध गरेका छन् ।

ूनेपालको संविधानको संरक्षण, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, स्वाधिनताको रक्षा, शान्ति, स्थिरता र सुशासनसहित जनताको समुन्नति र समृद्धिको लक्ष्य प्राप्त गर्न सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिबद्धताका साथ उपराष्ट्रपतिको गरिमामय पदमा उम्मेदवारी प्रस्तुत गरेको छु, उनले पठाएको सन्देशमा उल्लेख गरिएको छ ।

यादवले सबै सांसदहरूलाई भोट अपिल गर्दै पत्रसमेत पठाउने तयारी गरेका छन् ।