मोदी अमेरिका जाँदै

२८ फाल्गुन २०७९, आईतवार १२:१५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुन तेस्रो साता अमेरिका राजकीय भ्रमणमा जाने भएका छन् । भ्रमणको मिति तय गर्न दुवै पक्षको कूटनीतिक वार्तामा जुटेको भारतीय सञ्चार माध्यमले जनाएको छ।

मोदीले जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवसमा न्यूयोर्कको भ्रमण गर्नसक्ने र त्यसपछि बाइडेनसँग वाशिंगटनमा भेट गर्ने जनाइएको छ। ताथपि कुनै पनि पक्षले सार्वजनिक रूपमा यो भ्रमणको विषय स्वीकार गरेको छैन ।

ुजुन २१ देखि २५ सम्म सम्भावित मिति दुवै पक्षले हेरिरहेका छन्, उपयुक्त समयमा घोषणा हुनेछ,ु स्रोतलाई उद्धृत गर्दै वीअन्युजले लेखेको छ।