राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ । २०७२ साल कात्तिक ११ गते उनी पहिलो पटक राष्ट्रपति पदमा निर्वाचित थिइन्। त्यसपछि २०७४ साल फागुन २९ गते पुनः दोस्रो कार्यकालका लागि भण्डारी चुन्नेकी थिइन्।
भण्डारी राष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला समेत हुन्। लगातार दुई पटक राष्ट्रपतिमा चुन्नेकी भण्डारीको कार्यकाल भने विवाद मुक्त हुन सकेन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई अनुमोदन गरेपछि उनको आलोचना भएको थियो ।
राष्ट्रपति भण्डारीले भोलि शीतलनिवास छोड्ने तयारी गरेकी छन्। भोलि दिउँसो निजी निवास बूढानीलकण्ठ सर्ने तयारी भएको उनको निजी सचिवालयले जनाएको छ । भण्डारीको कार्यकाल सकिएपछि भोलि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेले शपथ लिँदै छन्।
गएको बिहीवार भएको राष्ट्रपतिको चुनावमा पौडेल निर्वाचित भएका हुन् । नौ दलीय गठबन्धनको सहयोगमा पौडेल राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
