राष्ट्रपति निर्वाचनको नतिजा केहीबेरमै आउदै, को बन्लान् राष्ट्रपति ?

२५ फाल्गुन २०७९, बिहीबार १६:४८

 

राष्ट्रपति निर्वाचनको मतगणना सुरू भइरहेको छ । प्रतिनिधीसभा र प्रदेशसभातर्फको मत निर्वाचन आयोगले छुट्टाछुट्टै स्थलबाट गणना थालेको हो ।

सत्तागठबन्धनको तर्फबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । मतगणनामा पौडेलको कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेम्वाङले सांसद महेश बर्तौलालाई प्रतिनिधि बनाएका छन् ।

मतगणना ७ बजेभित्रै सकेर आजै विजेतालाई आजै प्रमाणपत्र वितरण गर्ने तयारी छ । आज बिहान १० देखि सुरू भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा कुल मतदाता संघीय संसद्तर्फ ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कूल ८८२ मतदाता कायम छन् । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।