सत्तारुढ गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई राप्रपाकोसमेत साथ रहेको बताएका छन्।
आफूलाई सबै दलको माया रहेको उल्लेख गर्दै पौडेलले भने, “मलाई सबैले माया गर्नुहुन्छ। इमान्दारीपूर्वक निष्ठाको राजनीति गरेको मान्छे हो।” माया पाउने आशामा राप्रपाको मत माग्न जाँदा पाउनुभएन नि ? भन्ने प्रश्नमा पौडेलको जवाफ थियो, राप्रपालाई अलि अप्ठेरो परेको होला। भोट नदिएपनि तपाईकै पक्षमा हो भन्नुभएको थियो राप्रपाले।
पौडेलले गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेमा आफू सचेत रहेकोसमेत बताए। राष्ट्रको सेवामा आफूलाई समर्पण गर्छु। गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेमा म सचेत छु।
