विद्या भण्डारीको बारेमा ओली भन्छन् यस्तो

२४ फाल्गुन २०७९, बुधबार १३:५८

प्रथम महिला राष्ट्रपतिका रुपमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा ७ वर्षसम्म भण्डारीले राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक निभाएको ओलीले बताए ।

पहिलो कार्यकालको सफल र मर्यादित भूमिकालाई हेरेर राष्ट्रपतिमा भण्डारीलाई दोहोर्‍याएको पनि उनले बताए । उनले अगाडि भने, ‘राजनीतिक स्वार्थ प्रेरितहरुले आफ्नो संकिर्ण स्वार्थमा ठेस लाग्दा वा पूरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहदाको समेत मर्यादा नगरेर बकवास गरेका हुनसक्छन् । त्यसको खास अर्थ छैन ।’