साहित्यकी पर्याय पारिजात

२४ फाल्गुन २०७९, बुधबार १२:४९

साहित्यमा रुचि राख्नेहरूको लागि परिचित विष्णुकुमारी वाइवा अर्थात् पारिजात। दार्जिलिङको लिंगीय चिया वगानमा १९९४ सालमा जन्मिएकी‘पारिजात नै त्यस्ती स्रष्टा हुन्, जो नेपाली भाषा साहित्यकी एउटा सार्वजनिविष्णुकुमारी वाइवा क चौताराकी पर्यायवाची बन्न सफल भइन्।

उनका असंख्य कृतिहरूले जीवन्त सुवास दिएर यस नामलाई सार्थक पारेका छन्। बाल्यावस्थामै आमाको मृत्यु भएकाले मातृस्नेह कस्तो हुन्छ भन्ने कुरा उनले अनुभव गर्न पाइनन्। मदन मेमोरियल स्कुलमा पढाउँदा पढाउँदै पारिजात क्रमशः बिमारी हुन थालिन्।

जसले गर्दा उनी स्कुल छाड्न बाध्य भइन्। स्कुल छाडेपछि उनी बाथ रोगको सिकार बनिन्। त्यसपछि उनी खाटमा सुतीसुती साहित्यिक रचना रच्ने गर्न थालिन्।

त्यही पीडामा उनले ‘शिरीषको फूल’ नामक उपन्यास पनि लेखिन्। ‘शिरीषको फूल’ लेखिसकेपछि पारिजातलाई रोगले झन्झन् सताउन थाल्यो। उनले २३ पुस्तक लेखेकी छिन्। उनलाई शिरीषको फूलले नै अमर बनायो।