नेपाली क्रिकेटका पूर्व कप्तान सन्दिप लामिछानेसंंग भनाभन भएपछि यूएईका राष्ट्रिय क्रिकेट खेलाडी रोहन मुस्ताफाले आफूलाई नेपाली फ्यानबाट ‘हेट मेसेज’ आएको बताएका छन् ।
सोमबार भएको नेपाल र यूएईबीचको खेलमा आईसीसी क्रिकेट वर्ल्ड कप २ अन्तर्गतको दौरानमा लामिछानेसँग भनाभन भएपछि आफूले ‘हेट मेसेज’ पाइरहेको उनले उल्लेख गरेका छन् ।
सन्दीपले ३५औं ओभरको तेस्रो बलमा मुस्तफालाई एलबीडब्लू आउटको अपिल गरेका थिए, तर अम्पायरले कुनै संकेत दिएनन् । त्यसपछि चौंथो बलमा मुस्तफाले सन्दीप नजिकै पुगेर आक्रोश व्यक्त गरेपछि उनीहरूबीच केही भनाभन भएको देख्न सकिन्थ्यो ।
