प्रचण्ड सहित आठ नेता बने एकजुट

२३ फाल्गुन २०७९, मंगलवार १२:२८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संक्रमणकालीन न्यायलाई बृहत् शान्ति सम्झौता अनुसार टुङ्गो लगाउनुपर्नेमा जोड दिएका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा बसेको बैठकले संक्रमणकालीन न्यायलाई बृहत् शान्ति सम्झौता अनुसार टुङ्गो लगाउनुपर्नेमा जोड दिएका हुन्। प्रचण्ड सहित आठ नेताद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गो लगाउन आवश्यक कानूनी एवं संस्थागत व्यवस्थाका लागि तत्काल पहल गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं।”

शान्ति सम्झौता र परिवर्तन विरोधी गतिविधिको ‘प्रतिवाद’ गर्ने विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा दाहाल, बाबुराम भट्टराई, सीपी गजुरेल, खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, विश्वभक्त दुलाल, कर्णजित बुढाथोकी र नारायणप्रसाद धिमालले हस्ताक्षर गरेका छन्।

सर्वोच्च अदालतले पाँच हजार हत्याको जिम्मेवारी लिने घोषणा गरेका माओवादी अध्यक्ष प्रचण्ड विरुद्धको रिट दर्ता गर्न आदेश दिएपछि माओवादी र पूर्व माओवादी नेताहरूले संयुक्त बैठक गरेका हुन्।