सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षमा बस्ने एमालेको घोषणा

२१ फाल्गुन २०७९, आईतवार १४:५६

सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेले प्रतिपक्षमा बस्ने घोषणा गरेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले सभामा राखेको विश्वासको मतको प्रस्तावपछि एमाले प्रतिपक्षमा बस्ने घोषणा गरेको हो ।

एमालेका प्रदेशसभा सदस्य चक्र मल्लले प्रदेश सभाको बैठकको छलफललाई सम्बोधन गर्दै प्रतिपक्षमा बस्ने निर्णय भएको बताएका हुन् ।

प्रदेश सभामा एमालेका १० जना सांसद छन् ।