नेप्सेले दुई लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन गर्‍यो, कुन कम्पनीको मूल्य कति ?

१९ फाल्गुन २०७९, शुक्रबार १३:२२

नेप्सेले डिप्रोक्स लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो । डिप्रोक्स लघुवित्तले फागुन १९ गते र सपोर्ट लघुवित्तले फागुन २१ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तय गरिदिएको हो ।

यी दुवै कम्पनीका फागुन १८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग र लाभांश पाउन योग्य छन् । नेप्सेले सपोर्ट लघुवित्तको अन्तिम शेयर मूल्य १ हजार १०० रुपैयाँको आधारमा ११ प्रतिशत बोनश शेयरपछिको मूल्य ९९० रुपैयाँ ९९ पैसा तोकेको छ । त्यस्तै नेप्सेले डिप्रोक्स लघुवित्तको अन्तिम शेयर मूल्य ८१९ रुपैयाँको आधारमा १० प्रतिशत बोनश शेयरपछिको मूल्य ७४४ रुपैयाँ ५५ पैसा तोकेको छ ।

अब आइतबार यी दुवै कम्पनीको शेयर कारोबार समायोजन मूल्यको आधारमा खुला हुनेछ ।