सन्दीपले यूएईविरुद्धको खेलमा नेपाललाई जिताए

१८ फाल्गुन २०७९, बिहीबार १४:४०

आईसीसी विश्वकप लिग–२ मा त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले चौथो विकेट लिएका हुन् । सन्दीपले ३६ औं ओभरको तेस्रो बलमा आसिफ खानलाई ७२ रनमा क्याच आउट गराएका हुन् ।

यसअघि नेपालका लागि कुशल मल्लले २५ औं ओभरको चौथो बलमा चुन्दगापोयल रिजवानलाई २४ रनमा क्याच आउट गराए थिए ।