प्रदेश १ को नाम कोसी राख्न दलहरू सहमत

१७ फाल्गुन २०७९, बुधबार १२:१४

आज प्रदेश १ को संसद बैठक बस्दैछ । प्रदेश १ को नाम कोसी राख्ने विषयमा दलहरूबीच सहमति भएको छ । बैठकले प्रदेश १ को नामाकरण गर्ने बताइएको छ । प्रदेश १ को नामाकरण विभिन्न कारणले अहिलेसम्म हुन सकेको छैन ।

पहिलो कार्यकालमा टुंगिन नसकेको नामाकरण दोस्रो कार्यकालको पहिलो अधिवेशनबाट नै टुंगो लगाउन लागिएको हो । अघिल्लो कार्यकालमा दलहरुबीच पटक पटक छलफल भएपनि नाम टुंगिन सकेको थिएन । अरु सबै प्रदेशको नामाकरण भइसकेको छ ।