कांग्रेस र एमाले प्रतिपक्षमा बस्ने, पहिलो र दोस्रो दलको नयाँ सरकार बन्न संकेत

१७ फाल्गुन २०७९, बुधबार ११:५०

नेपाली कांग्रेस र नेकपा (एमाले) दुवै दल प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षको कुर्सीमा बस्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेस र विश्वासको मत फिर्ता लिएको एमाले प्रतिपक्षको कुर्सीमा बस्ने भएका हुन् ।

‘सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सामेल नभएसम्म प्रतिपक्षीको कुर्सीमा बस्छौं,’कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने । सरकारलाई विश्वासको मत दिएकाले कांग्रेस प्रतिपक्षमा बस्न नपाउने भन्दै सर्वोच्च अदालतमा मुद्दा परिरहेको बेला कांग्रेस आजको बैठकमा पनि प्रतिपक्षको कुर्सीमा नै बस्न लागेको हो ।

प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन र सरकारबाट बाहिरिएसँगै एमाले भने प्रतिपक्षमा बस्न लागेको हो । त्यसका लागि संसद् सचिवालयमा पनि जानकारी गराइएको छ ।