आकाशमै विमान परिचारिका (एयर होस्टेस)लाई काखमा राखेर ल्याएको पाइएपछि दुई पाइलट निलम्बनमा परेका छन् । नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१६ बाट १२ साउनमा काठमाडौं फर्कँदै गर्दा आकाशमै एयर होस्टेसलाई दुर्व्यवहारु गरेको भन्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त उडानका चालक दलका सदस्यहरूलाई निलम्बन गरेर छानबिन थालेको हो ।
प्राधिकरणका स्रोतका अनुसार क्याप्टेन र को–पाइलटले एयर होस्टेसलाई ककपिटमा बोलाएर उडान अवधिभर काखमा राखेको पाइएको छ ।
इनफ्लाइट सुपरभाइजर (एयर होस्टेसुको लीडर)लाई ककपिटमा बोलाएर उडान अवधिभर काखमा राखेको र जहाज त्रिभुवन विमानस्थलमा अवतरण गर्दा समेत ती एयर होस्टेसु आफ्नो जिम्मेवारीमा नफर्किएको भन्दै अन्य एयर होस्टेसुले उजुरी दिएपछि निलम्बन गरेर अनुसन्धान थालिएको हो, यस सम्बन्धमा छानबिन गरी सम्बन्धित वायु सेवाको कर्मचारी नियमावलीमा भएको आचरणसम्बन्धी व्यवस्थाअनुसार कारवाही गर्न निर्देशन दिइएको उनले बताए ।
त्यसपछि थप कारबाहीको निर्णय प्राधिकरणले गर्ने उनको भनाइ छ ।
