भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठलाई सांसद तोसिमाको कडा प्रश्न

१२ फाल्गुन २०७९, शुक्रबार १५:०२
सांसद तोसिमाको कडा प्रश्न

सांसद तोसिमाको कडा प्रश्नराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले काठमाडौं उपत्यकामा निर्माणाधिन सडक आयोजनाहरुको काम समयमै सम्पन्न नहुँदा समस्या भनी सरकारको ध्यानाकर्षण गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सडक आयोजनाहरु निर्माणमा रहेको बेतिथि अन्त्य गर्न आग्रह गरेकी छन् ।

मन्त्री नारायणकाजी श्रेष्ठलाई सांसद कार्कीको प्रश्न छ, ‘सडक विभाग काठमाडौं उपत्यका खानेपानी लिमिटेडले काम गर्न नसक्नु कसको स्वार्थ हो ?’

‘नेपाल सरकारको संघीय मन्त्रिपरिषदको प्रस्तावित आवास क्षेत्र र निजी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल जाने नख्खु भैसेपाटी सडकको निर्माण कहिले टुंगो लाग्छ ?  टुँडीखेल फर्सीडोल सडक ६ वर्षदेखि अलपत्र रहेको, सातदोबाटो चापागाउँ कान्तिपथ मुआब्जाको कारण रोकिएको उल्लेख गर्दै उनले थपिन्, ‘ठूला ठेकेदारको मिलोमतो र दबाव हो ?  ‘माननीय भौत्तिक पूर्वाधार मन्त्रीज्युलाई ध्यानाकर्षण गराउन चाहन्छु– सार्वजनिक निर्माणको यो ढिलासुस्ती र बेतिथि अविलम्ब समाधान गरियोस् ।’