एमालेलाई फेरी धोका दिदै प्रचण्ड, लागे अर्को प्लानमा

१२ फाल्गुन २०७९, शुक्रबार १३:४३

चार दलबीच प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा सम्भावित सत्ता समीकरण र पावर सेयरिङका बारेमा छलफल भएको छ । बैठकमा नेताहरुबीच चुनावअघिको पाँचदलीय गठबन्धन ब्यूँउताउनेदेखि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका बारेमा विषय प्रवेश भएर छलफल भएको हो ।

स्रोतका अनुसार बैठकमा नेपाली कांग्रेसका नेताहरुले पावर सेयरिङ बारेमा सामान्य खाका पेस गरेका थिए । जसमा राष्ट्रपति कांग्रेसले लिने, प्रधानमन्त्रीमा माओवादी र समाजवादीलाई बाँढ्ने उल्लेख छ । बैठकमा प्रधानमन्त्री पद चार वर्ष माओवादीलाई र एक वर्ष एकीकृत समाजवादीलाई दिन सकिनेबारे छलफल भएको छ ।

यस्तै उपराष्ट्रपति जसपाले लिने लगभग सहमति भएको जसपा नेता राजेन्द्र श्रेष्ठको दाबी छ । यस सझदारीलाई मुर्त रुप दिन बेलुका ५ बजे शीर्ष नेताहरुबीच छलफल गरेर निर्णय गरिने भएको छ । ५ बजेअघि चार दलबीच भएको छलफलका विषयमा आ–आफ्ना दलभित्र छलफल गरेर मात्रै बेलुका सहमतिलाई मूर्त रुप दिने नेताहरुको तयारी छ । बिहीबार एकीकृत समाजवादी र जसपाका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रपतिका बारेमा छलफल गरेका थिए ।

त्यसलगत्तै प्रचण्डले कांग्रेसका केही नेताहरुलाई समेत संवाद गरेका थिए । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव गंगा दाहालले राष्ट्रपतिबारे विभिन्न विकल्पमा छलफल भएपनि निर्णय भइनसकेको जानकारी दिइन् । बेलुका ५ बजे शीर्ष नेताहरु बसेर टुंग्याउने दाहालको भनाई छ ।