नेकपा एमालेका नेता मृत अवस्थामा फेला परेका छन् । एमाले नेता काठमाडौँका जिल्ला सदस्य पुण्यप्रसाद चौलागाई शुक्रवार मृत अवस्थामा फेला परेका हुन् ।
उनी काठमाडौँको साँखुमा रहेको सलम्बुटारको जङ्गलमा झुन्डिएको अवस्थामा मृत फेला परेको र थप अनुसन्धान भइरहेको साँखु प्रहरीले जनाएको छ ।
उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट गोकर्णेश्वर नगर प्रमुखको उम्मेदवार बनेका थिए । सिन्धुपाल्चोकको भोटेचौर घर भएका उनी पछिल्लो समय काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बस्दै आएका थिए ।
