लघुवित्त संस्थाहरूलाई १५ प्रतिशत मात्र लाभांश वितरण निर्देशन जारी गरिएको थियो । त्यसको असर बिहीबार समग्र सेयर बजारमा परेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ५७.७४ अंकले घटेको छ । नेप्से परिसूचक २.७८ प्रतिशतले घटेर २०२२.६४ को विन्दुमा झरेको छ ।
यस दिन ३७ लघुवित्त संस्थाको सेयर मूल्य १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेर बन्द भएको छ । सबै लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य घटेको छ । १३ उपसमूहमध्ये सबैको समूहगत परिसूचक पनि ओरालो लागेको छ । लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ९.५४ प्रतिशतले घटेको छ ।
बिहीबार सेन्सेटिभ इन्डेक्स पनि ३.०१ प्रतिशतले घटेर ३८४.४० को विन्दुमा झरेको छ ।
यस दिन २६० कम्पनीको दुई अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रुपैयाँबराबरको ६३ लाख २६ हजार १०५ किक्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
