राष्ट्रपतिको विषयमा माधव नेपाल र प्रचण्डबीच वान टु वान छलफल सुरु

११ फाल्गुन २०७९, बिहीबार १३:४०

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटवार्ता जारी छ ।

दुई नेताहरूबीच राष्ट्रपति निर्वाचनको विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ । राष्ट्रपतिमा नेकपा एमालेले अध्यक्ष नेपालको नाम अघि सारेको चर्चासँगै राजनीति गर्माएको छ ।

यता, बुधबार साँझ बालुवाटारमा भएको कांग्रेसका शीर्ष नेताहरूसहितको बैठकले पाँचदलीय गठबन्धन ब्युताउनेबारे गृहकार्यस्वरूप छलफल थालिएको थियो ।