नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको जन्म दिन सबै भन्दा ठूलो चाड लाग्ने उनकी पत्नी राधिका शाक्यले बताइकी छन् ।
ओलीको ७२ औं जन्म दिनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै शाक्यले यस्तो कुरा बताइकी हुन् । शाक्यले आज भन्दा ३५ वर्ष अगाडि २०४४ सालमा ओलीसंग विवाह गरेपछि उनको हरेक जन्म दिन आफ्नो गच्छे अनुसार मनाउदै आएको बताइन् ।
नेपालमा धेरै चाडपर्वहरु तथा संस्कतिहरुको आ–आफ्नै महत्त्व भए पनि आफूलाई भने श्रीमानको जन्म दिन सबै भन्दा ठूलो चाड लाग्ने बताइन् । उनले भनिन्,“हाम्रो नेपालमा धेरै चाडवाड, धेरै पर्वहरु धेरै अन्य सांस्कृतिहरु छन् । सबैको आ–आफ्नो महत्त्व छ । तर मलाई भने किन हो – किन हो ? सबै भन्दा ठूलो चखड उहाँको जन्म दिन नै हो ।”
उनले ओलीसंग विहे गर्दा निकै अप्ठयारो प्रस्थिति भएको र त्यो प्रस्थितिमा पनि आफूले ओलीसंग विहे गर्न आट गरेको बताइन् । त्यस्तो प्रस्थितिमा आफूले मोलेको जोेखिम आज सार्थक भएको उनले बताइन् । देशलाई अगाडि बढाउन ओलीले चौबीसै घण्टा लागि परेको पनि बताइकी छन्।
जोखिमको हिसाबले ओलीको स्वास्थ्य, राजनितिक प्रस्थिति र उनलाई सर्मथन गर्नेहरु ९९ प्रतिशत भएपनि केही मानिसहरु विरोधी भएकाले अझै पनि खतरा भएको बताइन् ।
