नेपालको पहिलो रक गायक खड्काको निधन

११ फाल्गुन २०७९, बिहीबार ११:४२

नेपालको पहिलो रक गायक माइक (मुकुन्द) खड्काको निधन भएको छ ।

उनको ६९ वर्षको उमेरमा बिहान आफ्नै घर ललितपुरको पुल्चोकमा निधन भएको हो। नेपाली, अङ्ग्रेजी, हिन्दी गीत सङ्गीतका ज्ञाता माइक खड्काले शास्त्रीय गायक रङ्गराव कादम्बरीबाट सङ्गीत सिकेका थिए।

उनले गायक ओमविक्रम विष्ट, अरुण थापा, दिव्य खालिङसित साङ्गीतिक सहकार्य गरेका थिए। सन् १९५५ जनवरी १४ तारिखमा जावलाखेलमा जन्मिएका खड्का क्लासिक एफएमको निर्देशकसमेत थिए।

उनले सञ्चालन गरेको कार्यक्रम युवामाझ लोकप्रिय थिए । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ । खड्काकी श्रीमती र एक छोरा छन् ।