दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको को टिजर सार्वजनिक भएको छ। टिजरमा दयाहाङ र प्रकृतिबिचको प्रेम र बिहे प्रसंङ्गलाई देखाइएको छ।
जहाँ प्रकृतिलाई सरकारी अधिकृत र दयाहाङलाई सरकारी जागिर खान मरिहत्ते गरेको देखाइएको छ। दयाहाङले प्रकृतिलाई बिहेका लागि राजी गर्न गरेको जालझेल र बिहेपछि वास्तविकता थाहा पाउँदा उनीहरुको सम्बन्धमा आएको उतारचढावको कथा टिजरमा समेटिएको छ।
प्रवेश पौडेलको निर्देशन रहेको ‘बिहे पास’मा दयाहाङ र प्रकृतिका साथै रविन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम लगायतका कलाकारको अभिनय छ।
