अस्ट्रेलियामा विद्यार्थीले पनि फुल टायम काम गर्न पाउने

१० फाल्गुन २०७९, बुधबार १३:३०

अब अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीले हप्तामा ४८ घण्टासम्म काम गर्न पाउने नियम लागु हुने भएको छ।

यसअघि अन्तर्राष्ट्रिय विद्यार्थीलाई हप्तामा २० घण्टा मात्र काम गर्ने दिईन्थ्यो । यस नयाँ नियम जुलाई १, २०२३ बाट लागू हुने जनाइएको छ । यस्तै, अस्ट्रेलियाले स्नातक र स्नातकोत्तर सकेका अन्तर्राष्ट्रिय विद्यार्थीले पूर्ण रूपमा काम गर्न पाउने भिसाको समयावधि पनि थप गर्न पाउनेछन्।

जसमा स्नातक सक्ने विद्यार्थीले दुईदेखि चार वर्षको पोस्ट स्टडी वर्क स्ट्रिम (पिएसडब्ल्यू) भिसा पाउनेछन् भने स्नातकोत्तर विद्यार्थीले तीनदेखि पाँच वर्ष र विद्यावारिधिका विद्यार्थीले चारदेखि ६ वर्षे पिएसडब्ल्यू भिसा पाउने छन् ।