माधव नेपाललाई राष्ट्रपतिका लागि ओलीको प्रस्ताव

१० फाल्गुन २०७९, बुधबार १२:२१

नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक आह्वान भएको छ ।

आज दिउँसो १ बजे पार्टी कार्यालय आलोकनगरमा बैठक बस्ने तय भएको प्रचार विभागले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिका लागि प्रस्ताव गरेको चर्चाकाबीच बैठक बस्न लागेको हो । राष्ट्रपतिबारे छलफलका लागि आजको बैठक बस्न लागेको बताइएको छ ।