नेपालले क्रिकेट जितेकोमा सन्दीप लामिछाने खुसि हुदै भन्छन् यस्तो

१० फाल्गुन २०७९, बुधबार ११:३५

नेपालले क्रिकेट जितेकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले आफू खुसि भएको बताएका छन् ।

आफूले कति योगदान गरे भन्ने थाहा नभएपनि देशले क्रिकेट जितेकोमा उनले आफू खुसी भएको बताएका हुन् । मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको चार खेलमा नेपालले चारै खेल जितेको थियो । ‘मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ।। यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखि आभारी छु,’ सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन् ।

सन्दीपले सिरिजको चार खेलमा १३ विकेट लिएका थिए । पहिले, दोस्रो र तेस्रो खेलमा तीन–तीन विकेट लिएका सन्दीपले अन्तिम खेलमा ४ विकेट लिएका थिए । सन्दीपको उत्कृष्ट प्रदर्शनले पनि नेपाललाई सिरिज जिताउन महत्वपूर्ण भूमिका खेल्यो ।