करको दर घटाउदै जान पनि सक्छौ: उप–मेयर सुनिता डंगोल

९ फाल्गुन २०७९, मंगलवार १८:०६

काठमाडौं महानगरपालिकाकी उप–मेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिकाले काठमाडौं महानगर भित्र रहेका व्यवसायीहरुलाई प्रोत्सान गर्ने उद्देश्य रहेको बताइकी छिन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बल्दै काठमाडौं महानगरकी उप मेयर डंगोलले यस्तो बताइकी हुन् । प्रोत्सान गर्ने क्रममा व्यवसायीहरुले पनि आफ्नो व्यवसायलाई व्यवस्थित गर्न उत्तिकै जरुरी रहेको पनि उनले बताइन् ।

व्यवसायीहरुले आफ्नो व्यवसायलाई व्यवस्ति गर्न कतिपयले अनौपचारिक व्यवसाय गरेकाले औपचारिक व्यवसाय गर्न उप–मेयर डंगोलले आग्रह गरिन् ।

उप–मेयर डंगोलले भनिन्,“काठमाडौं महानगपालिकाले पनि काठमाडौ महानगरपालिका भित्र रहेका व्यवसायहरुलाई प्रोत्सान गर्ने उद्देश्य रहेको छ । र यो प्रोत्सान गर्ने क्रममा यहाँहरु सबै जनाले आफ्नो वयवसायलाई व्यवस्थित बनाउन पनि उत्तिकै जरुरी पनि छ । र व्यवस्थित कसरी हुन्छ भन्दा सुरुमा भनेको तपाईहरु सबैजनाले व्यवसाय गरीरहनु भएको छ । कतिले अनौपचारिक रुपमा व्यवसायी गरिरहनु भएको छ । औपचारिक दायरा भित्र आइसक्नु भएको छैन । यही फरमबाट यहाँहरुलाई पनि अनुरोध गर्न चाहन्छु की यदि तपाईहरुले महानगर भित्र यदि दर्ता गर्नु भएको छैन भने यो औपचारिक दायरा भित्र आउन पनि अनुरोध गर्न चाहन्छु । र दर्ता गर्नहुन पनि हार्दिक अनुरोध गर्न चाहन्छु ।”

करको दायरा भित्र आउनु भनेको जति धेरै दायरा बढाउदै जान्छौ त्यो संगै करको दर घटाउदै जान पनि सक्छौ, त्यो राम्रो पक्ष रहेको उप–मेयर डंगोलले बताइन् ।