दुःख दिने बैंक, लिघुबित्त र सहकारीका म्यानेजरहरू माथि कालोमोसो लगाउने अभियानको घोषणा गरेका दुर्गा प्रसाईले अर्को चर्चित अभियानको थालनी गरेका छन् । उनले अब कालो मोसो अगाउने अभियान स्थगित गरेर बैंकर ज्ञानेन्द्र ढुंगानाको सालिक निर्माण गरिरहेको बताइएको छ।
आर्थिक मिडिया सञ्जालक संघ (इमान) सँगको अन्तरक्रियामा मंगलबार बिहान प्रसाईले अभियान घोषणाको समयमा त्यस्ता कुरा भनिएको भए पनि कसैमाथि पनि भौतिक आक्रमण नगरिने जानकारी दिए । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाको सहयोगले आफूअहिलेको अवस्थामा रहेको भन्दै बैंकर ज्ञानेन्द्र ढुंगानाको सालिक बनाइरहेको नयाँ खुलासा समेत गरे । ढुंगानाको सालिक भारतको राजस्थानमा बनिरहेको र झापामा राखिने पनि बताए ।
उनले राम्रो काम गर्नेको प्रशंशा गर्ने गरेको बताउँदै नियतवश राति राति फोन गर्ने र तनाव दिनेहरू माथि भने सम्बन्धित व्यक्तिहरूले नै फरक खालको कारबाही गर्न सक्ने बताए । नेकपा एमाले छाडेको घोषणापछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै उनले र नागरिक र राष्ट्रबचाउने आफ्नो मुल अभियान भएको जानकारी दिए ।
उनले गलत गर्नेमाथि कारबाही हुने भए पनि गलत नगर्नेहरू डराउनु नपर्ने बताए । काठमाडौँको पेरिसडाँडामा रहेको महाअभियानको कार्यालयमा उनले बैंक, लिघुबित्त र सहकारीले पीडित बनाएर मर्न बाध्य पारिएकाहरूको आवाज पनि बोलिदिन सञ्चार माध्यमलाई आग्रह गरे ।
