नेपाली चलचित्र क्षेत्रले दर्शकको चाहना बुझ्न नसकेको महानायक राजेश हमालले बताएका छन् ।
सोमबार बेलुकी चलचित्र पत्रकार संघ दाङले घोराहीमा गरेको साक्षात्कारमा बोल्दै नायक हमालले यस्तो बताएका हुन् ।
‘हामीसँग बजार छैन भन्ने कुरा म मान्दिनँ, दर्शक हलमा आउनुहुन्न भनेर गुनासो गर्छौं भने हामीले आम दर्शकको स्वाद र चाहना चिन्न नसकेका हौं, उनले भने ।’
नायक हमालले नेपाली चलचित्रमा मौलिक कथावस्तु आउन नसकेको बताए । नायक हमालले भने, ‘कुनै–कुनै चलचित्रले त्यो प्रयास पनि गर्नुभएको छ, ‘तर धेरैजसो चलचित्रकर्मीहरु सजिलो बाटोमा लाग्नु भाछ । कहाँको कथा ल्याएर सिनेमा बनाउनुहुन्छ, त्यो न यता जस्तो हुन्छ, न उताको जस्तो ।’
