आईसीसी विश्वकप टी २० महिला क्रिकेटमा भारत सेमिफाइनलमा प्रवेश गरेको छ। गयराति भएको खेलमा डीएल नियममा आयरल्याण्डलाई ५ रनले पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको हो। समूह बीमा रहेको भारतसँगै यसघि नै इंग्ल्याण्डले सेमिफाइनलमा स्थान बनाइस्केको छ।
इंग्ल्याण्ड तीन खेलबाट तीन जित र ६ अंक जोडेको छ। समूहको अन्तिम खेल पाकिस्तानसँग खेल्नुपर्नेछ। यस्तो अवस्थामा इंग्ल्यान्ड शीर्ष स्थानमा रहँदा सेमिफाइनल पुग्ने लगभग निश्चित छ। योसँगै भारतीय टोली दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने छ। इङ्ल्यान्डको नेट रन रेट +१.७७६ हो। पाकिस्तानसँगको हारपछि पनि इंग्ल्याण्डको टोली पहिलो स्थानमा रहन सक्छ। भारतको नेट रन रेट + ०.२९० छ।
समूह ‘बी’ बाट वेष्ट इन्डिज, आयरल्याण्ड र पाकिस्तानका टोली प्रतियोगिताबाट बाहिरिएका छन्।
