अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् ।आज (मंगलबार) विहानै प्रधानमन्त्रीलाई भेटन एमाले अध्यक्ष केपी शर्मा ओलीले पौडेल र रविलाई बालुवाटार पठाएका हुन् ।
लामिछानेले प्रधानमन्त्रीसँगको भेटवार्तामा नजिकिँदै गरेको राष्ट्रपति निर्वाचनका बारेमा छलफल गरेका छन् । पछिल्लो समय राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर दलका शीर्ष नेताहरुले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् ।
