सिरियाको राजधानी दमास्कसमा इजरायलले मिसाइल आक्रमण गरेको छ। मिसाइल आक्रमणबाट १३ जनाको मृत्यु भएको छ। सो हमलामा २८ बढि घाइते भएका छन्।
इजरायलले आक्रमण गरेको क्षेत्रमा भारी सुरक्षा व्यवस्थासहितको आवासीय परिसर निर्माण गरिएको छ । यो क्षेत्रमा बाक्लो बस्ती रहेको बताइएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार इजराइलले सो घटनाको जिम्मा लिन भने इन्कार गरेको छ।
