उत्पादन नै बन्द हुने हल्ला चलेको पल्सर २२०-एफ ग्राहकको अत्यधिक मागका कारण फेरि बजारमा उपलब्ध हुने भएको छ । ग्राहकको अत्यधिक मागका कारण कम्पनीले सो बाइक फेरि लन्च गर्न लागेको हो ।
बजाजले भारतका केही डिलरहरुमा सो बाइक उपलब्ध गराउन थालेको चर्चा चलेको छ । आगामी केही सातामै यसको डेलिभरी समेत हुने बताइएको छ । सो बाइकको मूल्य पनि करिव १ लाख ३५ हजार भारु नै हुनेछ, जुन पहिलेकै मूल्य बराबर हो । यद्यपि कम्पनीले आधिकारिक रुपमा यो बाइक र मूल्यको बारेमा केही बताएको छैन ।
