बलिउड अभिनेत्री अनन्या पाण्डेले करण जौहरको फिल्म ‘स्टूडेन्ट अफ द ईयर–२’ बाट बलिउडमा डेब्यू गरेकी हुन् ।
अनन्याले उक्त फिल्मबाट सर्वोत्कृष्ट नव अभिनेत्रीको रुपमा फिल्मफेयर र जी सिने अवार्ड गरी दुई महत्वपूर्ण अवार्ड जित्न सफल भइन् । विभिन्न कुराले चर्चामा आइरहने अनन्या प्रायः आफ्ना पहिरनका कारण बारम्बार चर्चा र ट्रोलको शिकार हुन्छिन् ।
वास्तवमा, अनन्या आफ्ना फिल्म र अभिनयभन्दा फेशनका लागि चर्चित छिन् भन्दा फरक पर्दैन । अनन्या एक पटकमात्र नभई विभिन्न पटक बिकनी लुकमा देखिसकेकी छिन् । बिकनी लगाएको फोटोमा उनलाई कसैले बोल्ड भनेका छन् भने कतिले त कुपोषणको सिकार भएको जस्ता शब्द पनि प्रयोग गरेका छन् । केही सामाजिक सञ्जालका प्रयोगकर्ताले ‘कुपोषणको सिकार भएको जस्तो देखियो त्यसैले राम्रो खानपानमा ध्यान दिनु’ भनेर समेत सल्लाह दिएका छन् ।
यसबाहेक छोटा पहिरन लगाएकोमा पनि अनन्याले विभिन्न व्यंग्यात्मक कमेन्टको सामना गर्नु परेको छ । यी सबै कुराले अनन्या अभिनयभन्दा पहिरनका कारण चर्चामा छिन् भन्ने कुरा प्रमाणित गर्छ ।
भर्खरै अभिनेत्री कियारा आडवाणी तथा सिद्धार्थ मल्होत्राको विवाह पार्टीमा अनन्याले कालो रंगको सारी लगाएर पुगेकी थिइन् । जसकारण उनले नराम्रोसंग ट्रोलको सामना गर्नु परेको थियो । उनले सारीसंगै लगाएको रिभिलङ ब्लाउजका कारण उनको ट्रोल बनेको हो । अनन्या अति नै रिभिलिङ र हदभन्दा पनि छोटो ब्लाउजका कारण चर्चामा आएकी भने पहिलो पटक होइन ।
१९९८ मा अक्टूबर ३० मा मुम्बईमा जन्मिएकी अनन्याले आफ्नो विद्यालय तहको अध्ययन धीरुभाई अम्बानी स्कूलबाट गरेकी हुन् भने लस एन्जेलस र क्यालिफोर्नियाका विश्वविद्यालयबाट उच्च शिक्षा पुरा गरेपछि फिल्म क्षेत्रमा पाइला बढाएकी हुन् ।
उनी फिटनेसका सम्बन्धमा निकै गम्भिर छिन् । उनी आफ्ना पिता चंकी पाण्डेसंग मुम्बईमा आफूले किनेको भव्य घरमा बस्छिन् । अनन्याको नीजि जीवनको कुरा गर्दा उनको नाम विभिन्न मानिससंग जोडिसकेको छ । अहिले उनको नाम आदित्य राय कपूरसंग जोडिएको छ । आर्यन खानको ड्रग्स केसमा पनि उनको नाम मुछिएको थियो ।
